कालिका लघुवित्तको वार्षिक साधारण सभाको मिति तय, लाभांश प्रस्ताव मुख्य एजेण्डा

९ पुष २०७८, शुक्रबार १२:१८

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ औं वार्षिक साधारण सभा पुस ३० गतेका लागि तय गरेको छ । पुस ८ गते बसेको संचालक समितिको बैंठकले बिहान ९ बजे होटल टास्क इन्टरनेशनल प्रा.लि को सभाहल पोखरा महानगरपालिका १० बुद्धचोक कास्कीमा बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत हुन आउने ३ करोड ५९ लाख ९४ हजार ५१६ रुपैयाँ बराबरको ३ लाख ५९ हजार ९४५ कित्ता बोनश जारी गर्न प्रस्ताव पारित गर्नेछ ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पातिर गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समते पारित गर्नछ ।

वित्तीय संस्थाको हाल कायम कुल पूँजी संरचनामा संस्थापक तथा सर्वसाधारण समूहको शेयर स्वामित्व क्रमश ६४.५२ प्रतिशत र ३५.४८ प्रतिशत रहेकोमा नियमनकारी निकायबाट स्वीकृति प्राप्त भए पश्चात कार्यान्वयन गर्ने गरी संस्थापक समूहको शेयर स्वामित्व ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको शेयर स्वामित्व ४५.४८ प्रतिशत काायम गर्ने प्रस्ताव स्वीकृत गर्न कार्यसूचि समेत रहेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस २१ गते देखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस २० गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*