समता घरेलु लघुवित्तको लाभांश शेयरधनीको खातामा

१० पुष २०७८, शनिबार ११:०४

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।

कम्पनीले पुष ७ गते सम्पन्न आठौं वार्षिक साधारण सभाले पारित गरेको ५ प्रतिशत नगद लाभांश मंसिर २३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो ।

साथै कम्पनीले सो मितिपश्चात पनि बैंक खाता अद्यावधिक गराउने शेयरधनीहरुको हकमा समेत नगद लाभांश बैंक खातामा नै जम्मा गरिदिने जनाएको छ ।

कम्पनीले हालसम्म आफ्नो शेयर प्रमाणपत्र अभौतिकिकरण नगराएका शेयरधनीहरुलाई आफुले डिम्याट खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क राखी शेयर प्रमाणपत्र अभौतिकिकरण गरी आइपीएस सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो बैंक खाता नम्बर सहितको विवरण अद्यावधिक गराउन अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*