दुई कम्पनीको शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

११ पुष २०७८, आईतवार ०९:४१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । समृद्धि फाइनान्स लिमिटेड र बुटवल पावर कम्पनीको शेयरमूल्य आज नेप्सेले समायोजन गरेको हो ।

समृद्धि फाइनान्सले ५० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि बुकक्लोज गरेसँगै र बुटवल पावर कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै यी दुई कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।

समृद्धि फाइनान्सको अघिल्लो दिन कायम ४९२ रुपैयाँ र बुटवल पावरको अघिल्लो दिन कायम ४८२ रुपैयाँ ६० पैसाका आधारमा नेप्सेले बुकक्लोजपछि क्रमशः ३६१ रुपैयाँ ३३ पैसा र ४३८ रुपैयाँ ७३ पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*