विजय लघुवित्तको २१ प्रतिशत लाभांश सुरुक्षित गर्ने आज अन्तिम मौका

११ पुष २०७८, आईतवार ११:४०

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरुक्षित गर्ने आज (पुस ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १२ गतेदेखी पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापूँजीको २० दशमलव ०३ प्रतिशत बोनश शेयर र १ दशमलव ०६ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव ०९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सोही प्रतिशत लाभांश पारित गर्न कम्पनीले पुष २९ गते गैँडाकोट रिर्सोट गैंडाकोट–५ नवलपरासीमा बिहान ११ः३० बजे नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*