कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा पुस ३० गते, के–के छन् एजेण्डा ?

११ पुष २०७८, आईतवार ११:४४

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले १४औं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । सभा बेलुका ५ः४५ बजे होटल भिश्वा वीरगन्ज पर्सामा बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, उक्त सभाले कुनै अन्य बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक कार्यहरु गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गर्ने कार्यसूचि रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*