मल्टीपर्पस फाइनान्सको लाभांश पाउन पुष २० गतेसम्म कायम हुनुपर्ने

११ पुष २०७८, आईतवार १४:३३

काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले बुकक्लोजको मिति तय गरेको छ । कम्पनीले साधारण सभा प्रयोजन तथा लाभांश वितरणका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति तोकेको हो ।

कम्पनीको पुष ८ गते बसेको संचालक समितिको बैठकले पुष ३० गते संस्थाको केन्द्रिय कार्यालय, नेता चोक, राजविराजमा हुने २४औं वार्षिक साधारण सभाको लागि पुष २१ गते एक दिन बुकक्लोजको मिति तोकेको हो । जसअनुसार पुष २० गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा उपस्थित हुन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

फाइनान्सको संचालक समितिले गत आवको मुनाफाबाट चुक्तापूँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश गरी कुल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*