मैलुङ खोला जलविद्युतको साधारण सभा पुस ३० गते, यस्ता छन् एजेण्डा

११ पुष २०७८, आईतवार १४:३९

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा पुस ३० गते बस्नेगरी आह्वान गरेको छ । पुस ७ गते बसेको संचालक समितिको बैंठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने कार्य सूचि रहेको छ ।

साथै असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण जस्ता अनुसूचीहरुमाथि छलफल गरी पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले पुस २० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*