नबिल बैंकसहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
११ पुष २०७८, आईतवार १५:०९

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा थप उत्साह देखिएको छ । निरन्तर घटेको नेप्से परिसूचक आज ७१ अंकले बढ्न पुगेको छ ।
आज नेप्सेमा सूचिकृत २३२ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ३२ लाख ५०३ रुपैयाँको कारोबा भएको छ ।
पछिल्लो केहिदिनयता २।३ अर्बमा सीमित हुन पुगेको शेयर मार्केटमा आज ५ अर्बमाथिको कारोबार हुन पुगेको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको आज एकैदिन ३२ करोड ७ लाख ४९ हजार ७३६ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरीको २६ करोड ६६ लाख, नेपाल लाइफ इन्स्यारेन्सको १९ करोड ७ लाख, शिवम् सिमेन्ट्सको १५ करोड ५२ लाख र एनटिसीको १३ करोड ३३ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।