बीमा कम्पनीको शेयरमूल्य उचालिँदा ७१ अंकले बढ्यो नेप्से

११ पुष २०७८, आईतवार १५:२२

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । केही महिनायता क्रमशः गिरावट आइरहेको नेप्सेमा आज थप उत्साह देखिएको छ ।

आज नेप्से परिसूचक ७१.२० अंक अर्थात शुन्य दशमलव ८२ प्रतिशतले बढेर २५९१.४२ विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २३२ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १७ करोड माथिको कारोबार हुन पुगेको छ । शेयर बजारको आजको अवस्थाले लगानीकर्ताहरुमा नयाँ उत्साह पलाएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज २ उपसूचक बाहेकका सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक जीवन बीमा र निर्जीबन बीमा समूहमा ९.७८ अंक र ८.१७ अंकले बृद्धि भएको छ । साथै आज सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको एकैदिन ३२ करोडमाथिको कारोबार हुन पुगेको छ ।

त्यस्तै, आज जीबन बीमा कम्पनीहरुको शेयरमा चमत्कारिक रुपमा शेयरमूल्य बढ्न पुगेको छ । लगानीकर्ताहरु बीमा कम्पनीहरुमा झुम्मिदा १९ वटा जीवन बीमा तथा निर्जीबन बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*