सेञ्चुरी बैैंकको वार्षिक साधारण सभा पुस ३० गते, यस्ता छन् एजेण्डा

११ पुष २०७८, आईतवार १६:५८

काठमाडौं । सेञ्चुरी बैंकले ११ औं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । बैंकले सभा बिहान ११ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा भर्चुअल माध्यमबाट समेत बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३० प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को संचालक समितिको तर्फबाट अध्यक्ष पेश गर्नु हुने वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै गत आर्थिक वर्षको आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने कार्य सूचि रहेको छ । त्यस्तै, सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले पुस १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*