यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१२ पुष २०७८, सोमबार १५:१३

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार २२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७० रुपैयाँको कारोबार भएको छ ।

आइतबार ७२ अंकले बढेको नेप्से परिसूचक आज ६९ अंकले घट्न पुगेको छ । लगानीकर्ताहरुमा थपिएको उत्साह फेरि निराशातर्फ धकेलिएको छ । कारोबार रकम ५ अर्बमाथि सीमित हुन पुगेको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको आज एकैदिन ३० करोड ६० लाख ९९ हजार २०२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको २६ करोड ३७ लाख, नेपाल लाइफ इन्स्यारेन्सको २४ करोड ९७ लाख, हिमालयन डिस्टिलरीको २१ करोड ४१ लाख र महालक्ष्मी विकास बैंकको १८ करोड ३५ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*