६९ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्य

१२ पुष २०७८, सोमबार १५:२१

काठमाडौं । आइतबार ७२ अंकले बढेको नेप्सेमा फेरी गिरावट आएको छ । साताको पहिलो दिन लगानीकर्ताहरुमा थप उत्साह आउँदा आजको नेप्से ६९.७७ अंकको गिरावटले निराशापन थपिएको छ ।

नेप्से परिसूचक सोही अंक अर्थात २.६९ प्रतिशतले घटेर आज २५२१.६५ विन्दुमा कायम भएको छ । साथै नेप्सेमा सूचीकृत २३८ कम्पनीको १ करोड भन्दा बढी शेयर किनबेच हुँदा ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७० रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । आइतबार हरियाली छाएको सबै समूह आज राताम्य भएका हुन् । अघिल्लो दिन बीमा कम्पनीको सर्वाधिक अंकले बृद्धि हुँदा आज सर्वाधिक अंकले घट्न पुगेको छ ।

त्यस्तै, आज सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको ३० करोडमाथिको कारोबार भएको छ भने अघिल्लो दिन दुई दर्जन भन्दा बढी कम्पनीको शेयरमा सर्किट लागेकोमा आज गोर्खाज फाइनान्स र मध्यभोटेकोशीको शेयरमा मात्र सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*