दुई कम्पनीको शेयरमा सर्किट, अन्य क–कसले सर्वाधिक कमाए ?

१२ पुष २०७८, सोमबार १५:२५

काठमाडौं । आइतबार हरियाली छाएको शेयर बजार आज फेरी राताम्य भएको छ । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार २२६ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७० रुपैयाँ माथिको कारोबार भएको छ ।

नेप्सेमा गिरावट आउँदा आज दुई कम्पनीको शेयरमा मात्र सर्किट लागेको छ । अघिल्लो दुई दर्जन भन्दा बढी कम्पनीको शेयरमा सर्किट लाग्दा आज जम्मा दुई कम्पनीको शेयरमा मात्र सर्किट लागेको छ ।

सर्किट लाग्ने कम्पनीमा गोर्खास फाइनान्स र मध्य भोटेकोशी जलविद्युतको रहेको छ । त्यस्तै, समलिङ पावरको ५.९२ प्रतिशत, सानिमा लार्ज क्याप फण्डको ३.७५ प्रतिशत, मेगा बैंक नेपालको २.७० प्रतिशत, महुली समुदायिक लघुवित्तको २.३७ प्रतिशत र मेगा म्युचुअल फण्डको २.२१ प्रतिशतले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*