तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१३ पुष २०७८, मंगलवार ०६:००

काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज (मंसिर २३ गते) अन्तिम दिन रहेको छ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेड र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको हो ।

मितेरी डेभलपमेन्ट बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १४ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ दशमलव ३० प्रतिशत बोनश शेयर र ० दशमलव ७० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि गरी कुल १४ प्रतिशत लाभांश पारित गर्नेछ ।
उक्त प्रस्ताव पारितका लागि बैंकले १६ औं वार्षिक साधारण सभा पुस २८ गते सुनसरी उद्योग वाणिज्य संघ धरान १ सुनसरीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको छ ।

उन्नति सहकार्य लघुवित्तको साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते बिहान ११ बजे होटल मौर्या सिदार्थ नगरपालिका १३ रुपन्देही भैरहवामा बस्ने गरी आव्हान गरेको हो ।
नेपाल पुनर्बीमा कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६ दशमलव ५० प्रतिशत बोनश शेयर र २ दशमलव ५० प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २२ गते कार्की ब्याक्वेंट बबरमहलमा बिहान ११ बजे बस्ने गरी वार्षिक साधारण सभा आव्हान गरेका छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*