झिनो अंकले घट्यो नेप्से, सात उपसूचक राताम्य हुँदा ३ अर्बमा खुम्चियो कारोबार

१३ पुष २०७८, मंगलवार १५:०९

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । आइतबार ७२ अंकले बढेको नेप्से परिसूचक सोमबार सोही बराबर अंकले घट्न पुगेको थियो ।

आज नेप्से परिसूचक २.६६ अंकले घटेर २५१८ दशमलव ९९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३१ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज ६ समूह बाहेका सबै समूह राताम्य भएका छन् । सर्वाधिक बढ्नेमा उत्पादन तथा प्रशोधन समूह रहेको छ भने घट्नेमा बीमा समूहहरु रहेका छन् ।

अघिल्लो २ दिन ५ अर्बमाथिको कारोबार हुँदा आज कारोबार रकम समेत घटन् पुगेको छ । आज जम्मा ३ अर्बमाथि मात्र कारोबार हुन पुगेको छ । सोही रुपैयाँ बराबरको कारोबार हुँदा हिमालयन डिस्टिलरीको सर्वाधिक २६ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, आज एउटा कम्पनीको शेयरमा मात्रै सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा मध्यभोटेकोशी जलविद्युत् रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*