नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन

१४ पुष २०७८, बुधबार १०:५३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेपाल पुनर्बीमा कम्पनी, उन्नती सहकार्य लघुवित्त र मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य आज नेप्से समायोजन गरेको हो ।

नेपाल पुनर्बीमा कम्पनीले १६.५० प्रतिशत, उन्नती सहकार्य लघुवित्तले ३० प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकले १३.३० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज यी तीनै कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।

नेपाल पुनर्बीमाको अघिल्लो दिन कायम १२८७ रुपैयाँ, उन्नती सहकार्यको १९३५ रुपैयाँ र मितेरीको ५०२ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य क्रमशः ११०४ रुपैयाँ ७२ पैसा, १४८८ रुपैयाँ र ४४३ रुपैयाँ ७ पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*