झिनो अंकले बढ्यो नेप्से, ३ अर्बमाथि कारोबार सीमित हुँदा एचडिएलको सर्वाधिक

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से झिनो अंकले बृद्धि भएको छ । दुईदिनयता गिरावट आएको नेप्सेमा आज सामान्य सुधार देखिएको हो ।
अघिल्लो दिन सामान्य अंकले गिरावट आएको नेप्से परिसूचक आज ५.५१ अंक अर्थात् शुन्य दशमलव २२ प्रतिशतले बृद्धि भएर २५२४ विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचिकृत २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९१ रुपैयााँको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ समूहबाहेकका सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक बृद्धि हुने समूहमा निर्जीबन बीमा समूह रहेको छ भने घट्ने समूहमा जीवन बीमा समूह रहेको छ ।
त्यस्तै, आज नेप्समा सामान्य सुधार देखिँदा हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज एकैदिन ५२ करोड २२ लाख माथिको कारोबार भएको छ । साथै आज मध्यभोटेकोशीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।