नारायाणी डेभलपमेन्ट बैंकसहित आज सर्वाधिक गुमाउने कम्पनी
१४ पुष २०७८, बुधबार १५:२२
![](https://www.beemapost.com/wp-content/uploads/2021/09/share-market-down.jpg)
काठमाडौं । बुधबार नेप्सेमा सूचिकृत २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता शेयर किनबेच भएको हो । नेप्से आज ५.५१ अकंले वृद्धि हुदाँ ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९१ रुपैयाँ माथिको कारोबार भएको छ ।
आज नेप्से परिसूचक झिनो अंकले बृद्धि भएको छ । आइतबार उछाल आएको नेप्सेमा सोमबार र मंगलबार भने गिरावट आएको थियो । आज पुनः शेयरबजारमा सामान्य सुधार देखिएको छ ।
झिनो अंकले बढेको नेप्सेमा सर्वाधिक गुमाउने कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक रहेको छ । बैंकको आज ३.३९ प्रतिशतले घटेको हो ।
त्यस्तै, समृद्धि फाइनान्सको २.९६ प्रतिशत, सेन्ट्रल फाइनान्सको २.७२ प्रतिशत, महालक्ष्मी विकास बैंकको २.६० प्रतिशत, गुहेशोवरी र्मेचन्ट बैंकको २.३५ प्रतिशत र जोशी हाइड्रोपावर डेभलपमेन्टको २.२६ प्रतिशतले घटेको हो ।