नेप्सेमा ५ कम्पनीको शेयरमूल्य समायोजन, कसको कतिमा खुल्ला कारोबार ?

१५ पुष २०७८, बिहीबार १०:१६

काठमाडौं । नेप्सेमा पाँच कम्पनीको शेयरमूल्य समायोजन भएको छ । चिलिमे हाइड्रोपावर, इन्फिनिटी लघुवित्त, मन्जुश्री फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टर समीट लघुवित्तले बोसन शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी पाँच कम्पनीका शेयरमूल्य समायोजन गरेको हो ।

चिलिमे हाइड्रोपावरले ७.५० प्रतिशत, इन्फिनिटी लघुवित्तले २७.७० प्रतिशत, मन्जुश्री फाइनान्सले ४० प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चरले ५ प्रतिशत र समीट लघुवित्तले २५.२८ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेमा यी ५ कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।

चिलिमेको अघिल्लो दिन कायम ५०२ रुपैयाँ ९० पैसा, इन्फिनिटीको १६७० रुपैयाँ, मन्जुश्री फाइनान्सको ९३९ रुपैयाँ, एनआरएनको ५३७ रुपैयाँ र समीटको १४६० रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य क्रमशः ४६७ रुपैयाँ ८१ पैसा, १३०७ रुपैयाँ ७५ पैसा, ६७० रुपैयाँ ७१ पैसा, ५२२ रुपैयाँ ४३ पैसा र ११६५ रुपैयाँ ३४ पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*