नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न पुनः नयाँ प्रकृया सुरु, यसअघिको आवेदन रद्द

१५ पुष २०७८, बिहीबार १२:४१

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नको लागि फेरी आवेदन माग गरेको छ । बोडले अध्यक्ष नियुक्तिको लागि गठन भएको सिफारीस समितिले आज एक सूचना जारी जारी पुन आवेदन माग गरेको हो । यसअघिको आवेदन रद्द भएकाले पुरानाहरुले पुन आवेदन दिन पर्ने समितिले जनाएको छ ।

यस अघि अर्थ मन्त्रालयले समिति बनाएको र सो समितिमाथि कानुनी प्रश्न उठेपछि मन्त्रिपरिषद्को बैठकले अर्को समिति बनाएको थियो।हाल बनेको समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र विज्ञ सदस्यको रुपमा डा. जीवनाथ धिताल रहेको अर्थ मन्त्रालयले जनाएको छ । यस अघिको समितिमा विज्ञ सदस्यको रुपमा प्रा. डा. नारायण पौडेल रहेका थिए ।

समितिले १५ दिन अर्थात् पुस २९ गतेभित्र आवेदन दिन आग्रह गरेको छ । साथै यस अघि आवेदन दिएकाले पनि नयाँ सूचना अनुसार फेरी आवेदन दिनु पर्ने भएको छ । अघि अघि आवेदन दिएकाले आवेदन फिर्ता लिन चाहेमा १५ दिन भित्र आवेदन दिएर फिर्ता गर्न सकिने र आवेदन फिर्ता गर्दा राजस्व पनि फिर्ता हुने अर्थ समितिले जनाएको छ ।

समितिले अध्यक्ष नियुक्ति गर्नको लागि योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्ने छ । ति मध्ये बाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई अध्यक्ष नियुक्त गर्ने ब्यबस्था छ । यस अघिको समितिले आवेदन आह्वान गर्दा बोर्डका कार्यकारी निर्देशक निरज गिरि र उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेप्सेका पूर्व सीइओ सिताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, डा. केशव प्रसाद श्रेष्ठ, रमेश हमाल, जीवन अमगाई, अनिल पौडेल , अम्बिका लामिछाने र शेयर बजार विश्लेषकको रुपमा परिचित हेमन्त बस्यालको आवेदन परेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*