नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा

१५ पुष २०७८, बिहीबार १८:५०

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । स्रोतका अनुसार नबिल बैंकको हिजो बसेको सञ्चालक समिति बैठकले नेपाल बंगलादेश बैंकसँग मर्जरमा जाने निर्णय गरेको थियो भने आज बसेको नेपाल बंगलादेश बैंकको सञ्चालक समिति बैठकले पनि सो विषय टुंग्याएको छ । यसअघि नेपाल बंगलादेश बैंकको संचालक समितिले यस अघि गठन गरेको मर्जर कमिटीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय समेत गरेको छ ।

बंगलादेश बैक स्रोतका अनुसार दुवै बैंकको प्रतिनिधित्व रहेको संयुक्त मर्जर कमिटी समेत गठन भइसकेको बुझीएको छ। सोही कमिटिले शेयर आदान प्रदान अनुपात, कर्मचारीलगायतको टुंगो लगाएर मर्जर सम्बन्धी सम्पूर्ण कार्य सकाराएर एक साताभित्रै सहमति पत्र (एमओयु)मा हस्ताक्षर गर्ने जनाइएको छ । नेपाल बंगलादेश बैंकको प्रमुख लगानीकर्ता बंगलादेशको आइएफआइसी बैंकले सेयर बिक्री गरेर बाहिरन लागेको छ ।

बंगलादेश बैंकमा आइएफआइसी बैंकको ४१.९१ प्रतिशत शेयर रहेको छ । मर्जर सम्झौतासँगै एनबी बैंकमा रहेको आइएफआइसीको सेयर नबिल बैंकको प्रमुख लगानीकर्ता चौधरी गुप्रले खरिद गर्ने बुझीएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*