नेशनल लाइफको जावलाखेल शाखाका शाखा प्रमुखले एमडिआरटी योग्य अभिकर्तालाई सम्मान स्वरुप काउली उपहार

२७ पुष २०७८, मंगलवार १५:३३

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जावलाखेल शाखाका शाखा प्रमुखले एमडिआरटी योग्य भएका १२ जना र च्यरपसन मिट गरेका अभिकर्ताहरुलाई सम्मान स्वरुप काउली उपहार दिएका छन् ।

उक्त खुशियालीमा शाखा प्रमुख घनश्याम रिमालले स्वरुप आफ्नै परिश्रमले उब्जाएको अर्गानिक काउली उपहार दिएका हुन् । कम्पनीले एमडिआरटि योग्य अभिकर्ताहरुलाई छुटै अवार्ड एवं प्रोत्साहन गर्दछ । तर आफनो शाखाबाट उत्कृष्ट कारोबार गरि एमडिआरटी योग्य हुन सफल अभिकर्तालाई उनले आफूले मिहेनत गरेर उब्जाएको काउली उपहार स्वरुप दिएका हुन् ।
जावलाखेल शाखाका शाखा प्रमुख रिमाल दिनभरी कार्यालयको काममा नै व्यस्क्त हुन्छन् ।

एकदिन बेलुका खाना खाने समयमा आफनै करेसाबारीमा लगाएको काउलीको तरकारी उनलाई निकै मिठो लागेको हुनाले आफनो श्रीमतीलाई आफनो शाखामा उत्कृष्ट अभिकर्ताहरुलाई यस्तो मिठो अर्गानिक काउली दिउन भनेर भनेर सोधे । काउली त दिने भनियो, तर पुग्छ कि पुग्दैन त्यो पनि हेर्नु पर्यो ।

करेसाबारीमा हेर्दा २० वटा काउली देखे । उत्कृष्ट अभिकर्तालाई दिन पुग्ने २० वटा काउली लिएर एमडिआरटीलाई उपहार दिन उनले काउली कार्यालयमा पुगे । उत्कृष्ट अभिकर्ताहरुलाई काउली उपहार दिँदा निकै खुसी भएको रिमाल बताँउछन् ।

जावलाखेल शाखाका रिमालले यसअघि पनि अभिकर्ताहरुलाई प्रेरित गर्न यस्ता कार्यक्रमहरु गर्दै आएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*