सानिमा बैंकको नवनियुक्त सिइओ निश्चलराज पाण्डेद्धारा पदभार ग्रहण

१२ माघ २०७८, बुधबार १६:४८

काठमाडौं । सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) निश्चलराज पाण्डेले आज (माघ १२)गतेबाट सो पदको कार्यभार सम्हालेका छन् ।

उक्त पदमा यसअघि भुवनकुमार दाहालको कार्यकाल माघ ११ गतेबाट समाप्त भएकोमा सिइओको जिम्मेवार पाण्डेले सम्हालेका हुन् ।

बैंकको पुष २ गते बसेको संचालक समितिको बैठकले पाण्डेलाई आजको मितिदेखि लागू हुनेगरी सिइओमा नियुक्त गरेको थियो । सोही अनुसार आज पाण्डेले सो पदको कार्यभार सम्हालेका छन् । उनी २०७० सालदेखि सानिमा बैंकमा कार्यरत छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*