सेन्चुरी कमर्सियल बैंकद्धारा चालु आवको लागि लेखापरीक्षक नियुक्त

१२ माघ २०७८, बुधबार १७:१२

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकले चालु आर्थिक वर्षको लेखापरीक्षणको कार्य गर्नको लागि लेखापरीक्षक नियुक्त गरेको हो ।

बैंकको पुष ३० गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सम्पन्न ११औं वार्षिक साधारण सभाले आव २०७८।०७९ को लागि बाह्य लेखापरीक्षकमा चार्टर्ड एकाउन्टेन्ट् फर्म पिएलआरजी एसोसियट्स, काठमाडौंलाई नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*