महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिट्यास सम्बन्धी सम्झौता

१२ माघ २०७८, बुधबार १७:२४

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले भाटभटेनी मनी ट्रान्सफरसँग रेमिट्यान्स सम्बन्धि सम्झौता गरेको छ । बैकले आफ्ना ग्राहकहरुलाई रेमिट्यान्स सम्बन्धी थप सुविधा प्रदान गर्ने हितले उक्त सम्झौता गरेको हो ।

उक्त सम्झौता पत्रमा बैंकका कार्यकारी अधिकृत बोधराज देवकोटा र ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत राजन कुमार अमात्यले हस्ताक्षर गरेका हुन ।

यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले विश्वका विभिन्न स्थानहरुबाट नेपाल भित्र बैंकिङ च्यानल मार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*