कामना सेवा विकास बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

१७ माघ २०७८, सोमबार १३:४७

काठमाडौं । कामना सेवा विकास बैंकले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले हेड कम्प्लियन्स (अपटु असिस्टेन्ट म्यानेजर), चिफ अपरेटिङ अफिसर (अपटु म्यानेजर।सिनियर म्यानेजर) र हेड स्ट्राटेजिक सर्पोट युनिटमा (अपटु असिस्टेन्ट म्यनेजर)मा कर्मचारी माग गरेको हो ।

कम्पनीले उक्त पदहरुका लागि न्युनतम व्यवस्थापन तथा अर्थशास्त्रमा स्नाकोत्तर उत्तीर्ण शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले कम्पनीको वेबसाइटमा गई ‘करियर’ सेक्सनमा क्लिक गरी ‘भ्यु भ्याकेन्ट पोजिसन’मा गएर दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*