समाज लघुवित्तद्धारा ३ जना संचालक नियुक्त

१७ माघ २०७८, सोमबार १६:३१

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ जना संचालक चयन गरेको छ । कम्पनीको माघ १६ गते जानकी फैमली होटल एण्ड पार्टी प्यालेस मंगलवा, सर्लाहीमा सम्पन्न वार्षिक साधारण सभाले संस्थापक शयरधनीको तर्फबाट तीन जना संचालक निर्विरोध निर्वाचित गरेको हो ।

संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने कम्पनीको संचालकमा सरोज कुमार महतो, सन्तोषी महतो र सुरेश साह निर्वाचित भएका हुन् ।

साथै कम्पनीको सोही सभाले आर्थिक वर्ष २०७८।०७९ को लागि बाह्य लेखापरीक्षकमा मनोज एसोसियट्सलाई नियुक्त गरि निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*