सानिमा बैंकको तिन शाखा कार्यालयको शुभारम्भ

१७ माघ २०७८, सोमबार १६:३९

काठमाडौं । सानिमा बैंक लिमिटेडले थप तीन नयाँ शाखा कार्यालयको शुभारम्भ गरेको छ । बैंकले कावासोती, बर्दिबास र अत्तिरियामा बैंकका शाखा कार्यालय बिस्तार गरेको हो ।

उक्त शाखा कार्यालय मध्य कावाकोती शाखाको कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुन, बर्दिबास शाखाको बर्दिबास नगरपाकिका मेयर बिदुर कुमार कार्की र अत्तरिया शाखाको गोदावरी नगरपालिका मेयर हरि सिंह साउद र उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले संयुक्त रुपमा उद्घाटन गरेको हो ।

बिस्तारित शाखा कार्यालय मार्फत बैंकले दिदै आइरहेको सम्पूर्ण बैंकिङ सेवा सुविधा प्रदान गर्ने बैंकले जनाएको छ । शाखा संचालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरुलाई गुणस्तरीय बैंकिङ सेवामा सहज पहुँच हुने विश्वास बैंकले गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*