आईएमएस सफ्टवेयरले डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि सेलपेसँग गर्यो सहकार्य

१९ माघ २०७८, बुधबार ०६:०५

काठमाडौं । आईएमएस सफ्टवेयरले आफना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि सेलपेसँग सहकार्य गरेको छ ।

उक्त सम्झौतापत्रमा आइएमएस सफ्टवेयरका तर्फबाट सन्तोष ताम्राकार र सेलकम प्रालिका तर्फबाट पवन प्रधानले हस्ताक्षर गरेका छन् ।
सेलपे, सेलकमद्वारा संचालित नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो । जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाताका साथै वालेटबाट पनि भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*