गुराँस लघुवित्तको नाफा ४६ प्रतिशतले घट्यो, अन्य सूचांकले देखायो यस्तो अवस्था

१९ माघ २०७८, बुधबार १०:२९

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको मुनाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीको मुनाफा घटेको देखाएको हो ।

गत आवको छ महिनामा एक करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ७३ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको खुद नाफा समीक्षा अवधीमा ४६.८२ प्रतिशतले घटेको छ । खुद ब्याज आम्दानी सामान्य बढेपनि कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढ्दा लघुवित्तको खुद नाफा घट्न पुगेको वित्तिय विवरणमा देखिएको छ ।

गुराँस लघुवित्तको छ महिनाको वित्तीय विवरणमा खुद ब्याज आम्दानी ३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४६.८२ प्रतिशत घटेको छ । लघुवित्तको कर्मचारी खर्च एक करोड ८९ लाख रुपैयाँबाट बढेर दुई करोड ५७ लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन खर्च ६७ लाख ९४ हजार रुपैयाँबाट बढेर ९४ लाख ५८ हजार रुपैयाँ पुगेका कारण मुनाफामाथि भार परेको छ ।

गुराँस लघुवित्तको मुनाफाको अवस्थाले शेयर बजारमा १४०० रुपैयाँ रहेको शेयरको मूल्यमा दवाव बढ्ने देखिएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३३ रुपैयाँ ३२ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १८ रुपैयाँ १६ पैसा घटेर १५ रुपैयाँ १६ पैसामा झरेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ९३.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८.३४ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*