धौलागिरी लघुवित्तको खुद नाफामा आकर्षक वृद्धि, अन्य सूचक कस्तो ?

१९ माघ २०७८, बुधबार १४:५६

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा ३६ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म आउदा खुद नाफा ४९३.१९ प्रतिशतले बढेर २ करोड १५ लाख ९ हजार रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आउदा खुद नाफा पनि बढ्न पुगेको हो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३०.६० प्रतिशतले बढेर ५ करोड १६लाख रुपैयाँ र संचालन नाफा १ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको ६२ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ छ भने रिजर्भ कोषमा १० लाख ५३ लाख रहेको छ । त्यस्तै, कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ ७२ पैसाबाट बढेर ६१ रुपैयाँ ४५ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*