तपाईले सात लाखभन्दा बढि रकम बैंकमा जम्मा गर्ने वा निकाल्नु भएको छ ? राष्ट्र बैंकको निगरानीमा पर्नुहोला है?

२० माघ २०७८, बिहीबार ०८:२६

काठमाडौं । देशको अर्थतन्त्रलाई दिशानिर्देशन गर्ने सही योजना बनाउन नसक्ने अनि अर्थव्यवस्था बिग्रेपछि जनतालाई त्रास देखाउने काममा नियामक निकायका व्यक्तिहरु कुन हदसम्म उत्रन्छन् भन्ने कुरा गत मंगलबार नेपाल राष्ट्र बैंकले सबै बैंकहरुलाई पठाएको निर्देशनबाट प्रष्ट हुन्छ ।

नेपाल राष्ट्र बैंकले यही माघ १८ गते सबै बैंकहरुलाई पत्राचार गर्दै २०७८ साउन १ गतेदेखि यता कुनै पनि बैंकमा सात लाख रुपैयाँ वा सोभन्दा बढि जम्मा गर्ने तथा निकाल्ने व्यक्तिको सूचि तयार गर्न भनिएको छ । हाल १० लाखभन्दा माथिको रकम चेकमार्फत नै हुँदै आएको छ भने १० लाख भन्दा तलको कारोबार नगदमा गर्न पाइन्छ । यद्यपि बैंकमा निक्षेप जम्मा गर्दा भने जति पनि जम्मा गर्न पाइन्छ ।

राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार बैंकहरुले सात लाखभन्दा बढि रकम निकाल्ने तथा राख्ने सबैको विवरण केन्द्रीय बैंकमा पठाउनु पर्ने भएको छ । यदि तपाईहरु मध्ये जोसुकैले पनि गत साउन १ गतेदेखि यता सात लाख रुपैयाँ वा सोभन्दा बढि रकम बैंकमा जम्मा गरेको वा निकालेको भएमा तपाईको विवरण नेपाल राष्ट्र बैंक हुँदै अर्थमन्त्रालयसम्म पुग्नेछ ।

नेपाल राष्ट्र बैंकले यही माघ १८ गते पठाएको निर्देशन बमोजिम सबै बैंकहरुले सात लाख रुपैयाँ भन्दा बढि रकम जम्मा गर्ने तथा निकाल्नेहरुको आठ थरी विवरण बुझाउन निर्देशन दिएको छ । जसमा खाता नम्वर, खातावालाको नाम, ठेगाना, सिविएस सम्बन्धी टिप्पणी, रकम झिकिएको मिति लगायतका ग्राहकको विवरण बैंकले केन्द्रीय बैंकलाई बुझाउनुपर्नेछ ।

नेपाल राष्ट्र बैंकले निक्षेप हराउन थालेपछि यसो गरेको हो । तर, राष्ट्र बैंकको यस्तो निर्देशन नेपालको प्रचलित कानुन, संविधानको विपरित रहेको छ । देशको अर्थतन्त्र सही दिशामा लैजान वस्तुवादी र सही योजना बनाउन नसक्नेहरुले खराव अर्थव्यवस्थाबाट उकास्न सही नीति बनाउन नसक्ने तर जनताको विवरण संकलन गरेर आम सर्वसाधारणलाई आतंकित बनाउने कार्य तत्काल रोक्न आवश्यक छ ।

3 thoughts on “तपाईले सात लाखभन्दा बढि रकम बैंकमा जम्मा गर्ने वा निकाल्नु भएको छ ? राष्ट्र बैंकको निगरानीमा पर्नुहोला है?

  1. कमल खत्री says:

    ८४ रुपैयामा किनेको पेट्रोल १४२ मा बेच्दा पनि निगमलाई १३ रुपैया घाटा हुन्छ रे हैन कुन स्कुलमा पढेको विद्यार्थी परेछ निगमको हाकिम, त्यसैले म त भन्छु देशका स्क्यामर हरू सबै ठुलो पोष्ट मा अड्डा जमाएर बसेका छन्, देशका यी धमिराहरूलाइ जरैबाट उखेलौं, यो त मात्र एउटा उदाहरण हो यस्ता हजारौं स्क्यामरहरू स्विस बैंकमा पैसा कुम्ल्याएर राखेका छन्, मैले यो कुरा गलत ठाउंमा राखें की सहि ठाउंमा त्यो त थाहा छैन तर तितो यथार्थ यही हो साथीहरू।
    एयरपोर्टमा हिंजो साउदि बाट घर फर्केको एक नेपाली बाट एक थान Iphone 13 प्रो म्याक्स र ५० ग्राम सुन को गहना बरामद गरियो भन्ने समाचार अन्नपुर्णको मुख्य पृष्ठ मा पढ्दा टाउको भाउन्न भयो (अपराधीलाइ झैं)

  2. pradip says:

    अरे यार नेपाली नेताहरुको सम्पति शुद्धिकरण गर्न आज भन्दा ५ वर्ष पहिले केहि पनि नहुने ! घरमा खान पनि अभाब भएको नेता हरु आज ठाउँ ठाउँ मा जग्गा विभिन्न ठुला कम्पनि मा %५० % भन्दा बादी सेर ! किलो का किलो सुन ! ठाउँ ठाउमा घर हरु कसरि आए ? तिनीहरु को सम्पति सुद्धिकरण गरेको खै ? हो म मान्छु कि अबेध धन्दा जो गैर कानुनी छ त्यो पत्ता लगाउन यो नियेम लागु गरेको हो तर नेता हरु को सम्पति को पनि सुद्धिकरण गर्न पर्छ ! गरिब जनता ले एक छाक खाएर कमाएको पैसाले तिरेको कर मा नेताहरुको रजाइ छ नेपालमा ठाउँ ठाउँ मा कति कर उढ्छ बिदेस बाट ल्येको कति समान लिलामी राखिन्छ तेसबाट उठेको कर खै ? किन अजै नेपाल ऋण मा छ कता गएको छ पैसा ? ३३ किलो सुन काण्ड कता हरायो ? कहाँ गयो सुन ?

  3. Kamal says:

    Jpt lekhne..homework garnu parxa pahile..deposit harayera report magne haina tya lekhya xa ta AML-CFT ko laagi reporting ho bhanera..wahiyat news lekhne

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*