बैंक, वित्त र लघुवित्तमा रोजगारीको अवसर, कुनमा कति चाहिन्छ शैक्षिक योग्यता ?

२० माघ २०७८, बिहीबार १३:०६

काठमाडौं । बैंक, वित्त र लघुवित्त कम्पनीले रोजगारीको अवसर खुलाएको छ । ग्रीन डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र किसान लघुवित्तले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

ग्रीन डेभलपमेन्ट बैंकले हेड डिपार्टमेन्ट अन्तर्गत रिस्क एण्ड क्रेडिट एडमिनिस्ट्रेशनमा एक जना, ब्रान्च म्यानेजरमा केही, रिलेशनसिप अफिसरमा केही कर्मचारी माग गरेको छ ।

बैंकले उक्त पदका लागि व्यवस्थापन संकाय अन्तर्गत न्युनतम स्नातक तहदेखि स्नाकोत्तर तहसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजातसहित माघ २१ गतेसम्म कम्पनीको इमेल  [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

 

त्यस्तै, समृद्धि फाइनान्सले काठमाडौं, पोखरा, बुटवल, चितवन र हेटौंटा ब्रान्चका लागि मार्केटिङ रिप्रिजेन्टेटिभ माग गरेको छ ।

उक्त पदका लागि न्युनतम शैक्षिक योग्यता एसएलसी।एसईई उत्तीर्ण पास हुनुपर्ने कम्पनीले जनाएको छ । इच्द्धुक योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी माघ २७ गतेसम्म कम्पनीको इमेल [email protected] मार्फत् दरखास्त दिन सक्नेछन् ।

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

साथै किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक प्रशिक्षार्थी सहायक केही संख्यामा, कनिष्ठ अधिकृत ७ जना र मुख्य अधिकृत।सहायक प्रबन्धक एकजना कर्मचारी माग गरेको हो ।

कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थीको हकमा एसईई उत्तीर्ण, अधिकृतको हकमा स्नातक तह र मुख्य अधिकृतमा सेमि क्वालिफाइड सीए को परीक्षा उत्र्तीण गरेको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्द्धुक ब्यक्तिले आवश्यक काजगात संकलन गरी फागुन २ गतेसम्म संस्थाको इमेल [email protected] मा आइपुग्ने गरी संस्थाको दरखास्त अनलाइन प्रणाली https://kisanlaghubitta.com.np/online-apply मार्फत दरखास्त दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*