राष्ट्र बैंकको विकास बैंक र फाइनान्स कम्पनी सुपरिवेक्षण विभाग गाभिए, फागुनबाट एकिकृत रुपमा काम हुने

२० माघ २०७८, बिहीबार १६:२०

काठमाडौं । राष्ट्र बैंकको विकास बैंक र फाइनान्स कम्पनी सुपरिवेक्षण विभाग गाभिएका छन् । राष्ट्र बैंकले यी दुबै विभागलाई गाभेर ‘वित्तीय संस्था सुपरिवेक्षण विभाग’ बनाएको छ ।

गभर्नर अध्यक्ष हुने व्यवस्थापन समितिको गत कात्तिक ११ गतेको बैठकले विभाग गाभ्ने निर्णय गरेको थियो । गाभिएका विभागले फागुन १ गतेबाट एकीकृत रुपमा काम गर्ने राष्ट्र बैंकले जनाएको छ ।
हाल विकास बैंक सुपरिवेक्षण विभागको कार्यकारी निर्देशकमा प्रदीपराज पौडेल र फाइनान्स कम्पनीमा पिताम्बर भण्डारी छन् । यद्यपि नयाँ विभागको जिम्मेवारी हालसम्म कसैलाई पनि तोकिएको छैन ।

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, एचआईडीसीएलजस्ता संस्थालाई हालै बनेको नयाँ विभागले सुपरिवेक्षण गर्नेछ । थप गरिएको नयाँ विभाग ‘गैर बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभाग’ हो । यस विभागको विभागीय प्रमुखको जिम्मेवारी बैंकिङ विभागका निर्देशक रहेका वीरेन्द्रदत्त अवस्थीलाई दिइएको छ राष्ट्र बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*