मेगा क्यापिटलले ल्यायो स्वास्थ्यकर्मीका लागि विशेष छुट योजना, यस्ता छन् सुविधा

२३ माघ २०७८, आईतवार १४:३४

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले स्वास्थ्यकर्मीहरुका लागि पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस योजना ल्याएको छ । कम्पनीले ‘जब तपाई राष्ट्रको हेरचाह गर्न ब्यस्त हुनुहुन्छ, हामी तपाईको पोर्टफोलियोको हेरचाह गर्नेछौं’ भन्ने नाराका साथ उक्त योजना सार्वजनिक गरेको हो ।

सो योजनाअन्तर्गत क्यापिटलले पीएमएस सेवामा स्वास्थकर्मीहरुका लागि वार्षिक शुल्कमा ५०% र एक्जिटमा ५०% छुट सुविधा दिनेछ ।

साथै कोरोना महामारीको समयमा सुरक्षित र व्यवस्थित लगानी, वित्तीय सल्लाह र मार्गदर्शन, तोकिएको स्टाफबाट ग्राहकको मागअनुसार साप्ताहिक वा मासिक रिर्पोटिङको सुविधा उक्त योजनामा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*