सिटिजन्स बैंकद्धारा सिटिजन हल सेन्टर सेवाको शुभारम्भ

२३ माघ २०७८, आईतवार १६:४१

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले आज देखि डिजिटल सिटिजन हल सेन्टर सेवाको सुरुवात गरेको छ । बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर हल सेन्टर सेवा सुरु गरेको हो ।

उक्त सेवा मार्फत बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ सम्बन्धी जिज्ञासा तथा समस्याहरु राख्न सक्ने छन् । कल सेन्टरका लागि बैंकले ०१–५९७००६८ नम्बरको टेलिफोन उपलब्ध गराएको छ भने ईमेल गरेर समेत कल सेन्टरको सुबिधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

अहिलेका लागि यो सेवा आठ घण्टाको लागी आरम्भ गरेको हुदाँ देशभरी रहनुभएका १३ लाखभन्दा बढी ग्राहकहरुलाई यो सेवाको सुविधा लिन पाउनेछन् ।

कल सेन्टरको प्रयोगले ग्राहकहरुलाई सहज ढंगले बैंकिङ्ख सेवा र सूचनाप्राप्तगर्न सहयोग पुग्ने विश्वास बैंकले लिएकोा छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*