साना किसान विकास लघुवित्तद्धारा करारमा कर्मचारी माग, पदावधिसम्म २१ लाखसम्मको बीमा सेवा
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले ३ पदका लागि करार सेवामा कर्मचारी माग गरेको हो ।
संस्थाले नविकरणीय उर्जा विज्ञमा १ जना, परियोजना संयोजनमा १ जना र फिल्ड प्रशिक्षकमा १ जना कर्मचारी मागेको हो । संस्थाका अनुसार उक्त पद २०७९ असार मसान्तसम्म कायम रहनेछ ।
उक्त पदका लागि शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा अनुभवी कर्मचारी हुनुपर्नेछ । सम्झौता अवधि कायम रहेसम्म लागू हुने गरी २० लाख दुर्घटना बीमा र १ लाख स्वास्थ्य बीमा हुने संस्थाले जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (फागुन ४ गते) ले ७ दिन भित्र आवश्यक कागजात संकलन गरी संस्थाको केन्द्रीय कार्यालय काठमाडौं र संस्थाको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।