लक्ष्मी बैंंकको १४२ औं शाखा भक्तपुरको कमलविनायकमा
१० फाल्गुन २०७८, मंगलवार १६:५६
काठमाडौं । लक्ष्मी बैंकले थप एक नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा न १० को कमलविनायकमा १४२ औं शाखाको शुभारम्भ गरेको हो ।
बिस्तारित शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु ब्यवसायीहरु माझ वित्तीय पहुँच पुराउने उद्देश्य बैंकले लिएको छ ।
थप एक नयाँ शाखा कार्यालय विस्तार गरेसँगै हाल देशभर बैंकका १४२ शाखा, ११ एक्सटेन्सन काउन्टर र १७३ एटिएम मार्फत बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।