वोमी र सूर्योदय लघुवित्तलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति

१२ फाल्गुन २०७८, बिहीबार ११:४४

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एकआपसमा गाम्भे गाभिने वा मर्जरमा जान नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ ।

यी दुई लघुवित्तलाई एकआपसमार गाभिन नेपाल राष्ट्र बैंकले फागुन ५ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।

स्याङजाको पुतलीबजारमा केन्द्रीय कार्यालय रहेको सूर्योदय लघुवित्त र काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको वोमी लघुवित्तबीच गत भदौ १५ गते मर्जरमा जान सम्झौता भएको थियो । सोही मितिदेखि नै दुवै लघुवित्तको शेयर कारोबार रोक्का रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*