हिमालयन जनरल इन्स्योरेन्सको शेयरमा सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

१२ फाल्गुन २०७८, बिहीबार १५:११

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा उच्च गिरावट आएको । अघिल्लो दिन दोहोरो अंकले घटेको शेयरबजार आज ५८.९९ अंकले घट्न पुगेको छ ।

नेप्सेमा सूचकिृत २२९ कम्पनीको ८४ लाख ९० हजरा ६८९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९१ रुपैयाँको कारोबार भएको छ ।

बिहिबार नेप्सेमा उच्च गिरावट आएपनि केही कम्पनीहरुको शेयरमूल्य भने बढ्न पुगेको छ । अघिल्लो दिनमा हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य बढेको थियो भने आज म्युचुल फण्ड लगायतका अन्य कम्पनीको शेयरमूल्य बढ्न पुगेको छ ।

सर्वाधिक कमाउने कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्स रहेको छ । कम्पनीको शेयरमूल्य आज ९.९१ प्रतिशत अर्थात ६९ रुपैयाँले बढेर सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै, सनराइज म्युचलु फण्डको १.८९ प्रतिशत, एनआइबिएल समृद्धि फण्डको १.७६ प्रतिशत, शिवश्री हाइड्रोपावरको १.५६ प्रतिशत र नबिल इक्विटी फण्डको शुन्य दशमलव ७३ प्रतिशतले शेयरमूल्य बढेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*