महिला र बिपिडब्लु लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

१३ फाल्गुन २०७८, शुक्रबार १२:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त दुई लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । महिला लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

महिला लघुवित्त
महिला लघुवित्तले नायब प्रमुख कार्यकारी अधिकृत माग गरेको हो । सो पदका लागि कम्पनीले मान्यता शिक्षण संस्थाबाट कम्तिमा स्नाकोत्तर तह उत्तीर्ण गरेको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले २ हजार रुपैयाँ दस्तुर तिरेर आवश्यक कागजात संकलन गरेर कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

 

बिपिडब्लु लघुवित्त
बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले ६ पदमा कर्मचारी माग गरेको हो । प्रमुख कार्यकारी अधिकृत, प्रबन्धक।स.प्रबन्धक, अधिकृत।स.अधिकृत, सुपरभाइरजर।सहायक, क.सहायक र प्रशिक्षार्थी क.सहायक माग गरेको हो ।

उक्त पदहरुका लागि कम्पनीले शैक्षिक योग्यता एसईई उत्तीर्ण देखि स्नाकोत्तर तह उत्तीर्ण सम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी १५ दिनभित्र कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

 

3 thoughts on “महिला र बिपिडब्लु लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

  1. Suraj Kumar gupta says:

    Applying job

  2. Shambhu raj awasthi says:

    Yes

  3. Shambhu raj awasthi says:

    Baitadi

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*