नेपाल बैंक र अतिथि रिसोर्टबीच छुट सम्बन्धी सम्झौता

२३ फाल्गुन २०७८, सोमबार ११:५४

काठमाडौं । नेपाल बैंक र पोखरास्थित अतिथि रिसोर्टबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक र कर्मचारीले रिसोर्टमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र रिर्सोटका प्रबन्धक निर्देशक भरतराज शर्माले हस्ताक्षर गरेका हुन ।

बैंकका डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, ईन्टनेट बैंकिङ र क्युआर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई र नेपाल बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्यहरुलाई अतिथि रिसोर्टमा आवासमा २५ प्रतिशत, पेय पदार्थमा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट प्रदान गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*