एनआईसी एशिया लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, प्लटु उत्तिर्णलाई समेत अवसर

२३ फाल्गुन २०७८, सोमबार १३:०३

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले ९ पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले विभागिय प्रमुखमा ७ जना, उप प्रदेश प्रमुख (अधिकृत । बरिष्ठ अधिकृत), प्रदेश असुली प्रमुख (अधिकृत।बरिष्ठ अधिकृत), प्रदेश अनुगमन अधिकृत (अधिकृत।बरिष्ठ अधिकृत), डाटाबेस सहायक।एमआईएस डेभलोपेर (सहायक।सुपरभाइजर।कनिष्ठ अधिकृत, करिष्ठ अधिकृत), आइटि अफिसर कोर बैंकिङ सिस्टम (सुपरभाइजर।कनिष्ठ अधिकृत ।अधिकृत), शाखा प्रबन्धक (बरिष्ठ सहायक।सुपरभाइजर), कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाण पत्र तह उत्तिर्ण देखि स्नातक उत्तिर्णका साथै विभिन्न तहमा अनुभवी कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाशित भएको मिति (फागुन २२ गते) ले १५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सकिनेछ ।

 

One thought on “एनआईसी एशिया लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, प्लटु उत्तिर्णलाई समेत अवसर

  1. Yam kumar pulami magar says:

    Yes

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*