माछापुच्छ्रे बैंकको १६४ औं शाखा पर्साको वीरगञ्जमा
२३ फाल्गुन २०७८, सोमबार १६:५४
काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले पर्सा जिल्लाको वीरगञ्जको आर्दशनगरमा १६४ औं शाखा कार्यालयको शुभारम्भ गरेको हो ।
उक्त शाखा कार्यालयको वीरगञ्ज महानगरपालिका मेयर विजय कुमार सरावगी र बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महताले सयुक्त रुपमा उद्घाटन गरेका हुन । बिस्तारित शाखा कार्यालय मार्फत बैंकले दिदै आइरहेका सम्पूर्ण सेवा सुविधा सहज र सरल रुपमा प्रदान गर्ने जनाएको छ । साथै कर्जा, निक्षेप लगायतका अन्य बैंकिङ सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउने छ ।
हाल बैंकले देशभरका १६४ शाखा कार्यालय, १५७ शाखारहित बैंकिङ सेवा र २०० वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुले निरन्तर सेवा दिदै आइरहेको छ ।