ग्रामीण विकास लघुवित्तको साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेण्डा
२७ फाल्गुन २०७८, शुक्रबार ११:५६
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौ वार्षिक साधारण सभा भोलि (फागुन २८ गते) बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक विषयमा संसोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । उक्त सभाले चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १७ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ फागुन १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।