लक्ष्मी बैंकका संचालक विश्वकरण जैनको राजिनामा स्वीकृत
३० फाल्गुन २०७८, सोमबार ११:१२
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडका संचालक विश्वकरण जैनले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
कम्पनीको संचालक समितिमा सर्वसाधारण शेयधरनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक जैनले राजिनामा दिएकोमा संचालक समितिको फागुन २९ गते आइतबार बसेको बैठकले सो राजिनामा स्वीकृत गरेको हो ।