नेपाल टेलिकमको ४० प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

९ चैत्र २०७८, बुधबार १७:२१

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (चैत १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने भएकाले भोलि (चैत १० गते) सम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २० प्रतिशत नगद लाभांँश गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारितका लागि कम्पनीले चैत २४ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान ११ बजे बस्ने गरि १४ औं वार्षिक साधारण सभा बोलाएको छ ।

साथै सोही सभाले आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपरल छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*