सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई मेराकि हेल्थमा बिशेष छुट

९ चैत्र २०७८, बुधबार १७:५९

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र मेराकि हेल्थ सोलुशनबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले ग्राहक, कर्मचारी र तथा कर्मचारी पारिवारलाई स्वास्थ्य सेवामा विशेष छुट दिने गरि समझदारी भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुक संचालक अधिकृत अपूर्व प्रसाद जोशी र हेल्थ सोलुशनका प्रबन्ध निर्देशक आश्रय रन्जितकारले हस्ताक्षर गरेका हुन । समझदारी पश्चात उक्त सोलुशनले प्रदान गर्दै आइरहेका स्वास्थ्य जाँच, भ्याक्सिन, कोभिड पिसीआर, भिडियो कन्सल्टेसन, टेलि कन्सल्टेशन सेवा तथा माग अनुसारका स्वास्थ्य सेवाहरुमा आकर्षक छुट पाउन सकिने छ ।

साथै, स्वास्थ्य चेक जाँचमा कर्मचारीहरुलाई १५ प्रतिशत र बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*