उपकार लघुवित्तले साढे २ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि पायो बोर्डबाट अनुमति

९ चैत्र २०७८, बुधबार १८:५४

काठमाडौं । नेपाल धितोपत्र बोर्डले उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको छ ।

नेपाल धितोपत्र बोर्डले चैत्र ७ गते सोमबार कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले प्रति कित्ता १०० अंकित दरका २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्काशन गर्नेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*