नेष्डो समृद्ध लघुवित्तको आईपीओ आउँदो साता नेप्सेमा सूचीकृत हुने

१० चैत्र २०७८, बिहीबार ०५:०९

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीओ आउँदो साता नेप्सेमा सूचीकृत हुने भएको छ।कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ सूचीकृतका लागि आवश्यक सबै कागजपत्र नेप्सेमा पुगिसकेको छ। ग्लोबल मनी विक चलिरहेकोले सूचीकरण सम्झौतामा ढिलाइ रहेको क्यापिटलले जनाएको छ। आउँदो साता आइतबार वा सोमबारसम्म नेष्डो समृद्ध लघुवित्तको आईपीओ नेप्सेमा सूचीकरण हुन सक्ने क्यापिटलले जनाएको छ।

आइतबार वा सोमबार नेष्डो समृद्ध लघुवित्तको आईपीओमा नेप्सेमा सूचीकृत भएमा आगामी साताबाट यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।
यो संस्थाले गत फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*